पानी माग्दै डोको बोकेर गाउँपालिका घेरे महिलाहरुले

पानी माग्दै डोको बोकेर गाउँपालिका घेरे महिलाहरुले

सुर्खेत । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–५ रेक्चाका महिलाले खानेपानीको हाहाकार भएपछि आन्दोलनमा उत्रिएका छन् । बिहीबार रेक्चाका नागरिकले खाली गाग्री बोकेर नारा जुलुस सहित नगरपालिका घेराउ गरेका हुन् ।

रेक्चामा विगत लामो समय देखी खानेपानीको समस्या भोग्दै आएको आन्दोलनमा उत्रिएका एक जनाले बताएका छन् । खानेपानीको चरम संकट चुलिएपछि स्थानीयबासीहरू रेक्चा खानेपानी संघर्ष समिति नै गठन गरेर विरोधमा उत्रिन बाध्य भएका छन् ।

रेक्चावासीले खाने पानीको कुवा खडेरीले सुकेपछि त्यहाँका नागरिकले पालिका घेराउ गरेका हुन् । रेक्चाका नागरिकले वर्षौँ देखी खानेपानीको समस्या झेल्दै आएका छन् । पटक पटक गाउँपालिकालाई खानेपानीको व्यवस्था गर्नुपर्‍यो भनेर रेक्चाबासीले आग्रह गरे पनि चासो नदेखाएको आन्दोलनमा उत्रिएका हुन् । रेक्चामा झण्डै ४० घरधुरी छन् ।