‘ब्युटी एण्ड बोल्ड’ अदिती

‘ब्युटी एण्ड बोल्ड’ अदिती

काठमाडौं। अदिती बुढाथोकी नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री तथा मोडल हुन्। उनले नेपाली फिल्म कृबाट चलचित्र क्षेत्रमा डेब्यू गरेकी हुन्। अनमोल केसीसँगको उनको जोडीलाई निकै मन पराइएको थियो। उनी आफ्नो सुन्दर मुहार र पहिरनका कारण चर्चामा छिन्।

उनले भारतीय विज्ञापन र पञ्जावी म्यूजिक भिडियोमा पनि अभिनय गरेकी छन्। यसका साथै उनले भारतीय म्यूजिक भिडियोमा पनि अभिनय गरेकी छन्।

बुढाथोकी फोटो सेयरिङ सामाजिक सञ्जाल इन्स्टाग्राममा २० लाख फलोअर्स पुग्ने पहिलो नेपाली सेलिब्रिटी पनि हुन्। आफ्ना ‘हट’ तस्वीर इन्स्टाग्राममा सेयर गर्दै आएकी अदिती युवापुस्तामाझ रुचाइएकी कलाकार समेत हुन्।