एक हजारको ठूलो परिमाणमा नक्कली नोटसहित महिला पक्राउ

एक हजारको ठूलो परिमाणमा नक्कली नोटसहित महिला पक्राउ

काठमाडौं । ठूलो परिमाणमा नक्कली नोटसहित काठमाडौंबाट एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार  राति उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

काठमाडौंको कलंकीमा चियापसल सञ्चालन गर्दै आएकी तारादेवी डंगोललाई पक्राउ गरिएको हो । नेपाली एक हजार दरका ५१५ थान नक्कली नोटसहित उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

डंगोलले नक्कली नोटको कारोबार गरेको भन्ने सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो । प्रहरीले उनको पसल तलासी गर्दा उक्त नक्कली नोट फेलापरेको थियो । त्यसबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।