तीनकुनेको किराना स्टोरमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

तीनकुनेको किराना स्टोरमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

काठमाडौं । तीनकुनेको किराना स्टोरमा आगलागी भएको छ ।खाद्यान्नलगायत किरानाका सामानहरू स्टोर गरेर राखिएको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रहरी र स्थानीयहरुको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ । प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी शिवराज बुढाथोकीकको अनुसार अहिले तीन वटा दमकलले आगो निभाउने प्रयास गरिरहेका छन् ।

आगलागीको कारण खुलिनसकेको तथा सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिन प्रयास भइरहेको छ।