काठमाडौं । मधेश प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठक जनमतले अवरुद्ध गरेको छ ।
सप्तरीको राजविराजमा कृषि विश्व विद्यालयको भवन शिलान्यासको क्रममा भएको घटनाको छानबिन गर्न संसदीय समिति छानबिनको माग गर्दै जनमतले सदन अवरुद्ध गरेको हो ।सुरुमै जनमतका प्रदेश सांसद संजय यादव उठेर घटनाको लागि छानबिन समित नबने सदन चल्न नदिने भनेका थिए ।
त्यसपछि जनमतका सांसदहरु उठेर अवरुद्ध गरेपछि सभामुख रामचन्द्र मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेका छन् । गत माघ माघ ८ गते कृषि विश्व विद्यालयको भवन शिलान्यास क्रममा तत्कालीन शिक्षा मन्त्री समेत रहेका जनमत संसदीय दलका नेता महेश प्रसाद यादवसहित केही सांसदहरु प्रहरीको बल प्रयोगमा घाइते भएका निए । त्यस घटना पश्चात् सदन चल्ने बेला जनमतले छानबिन समितको माग गर्दै सदन अवरुद्ध गर्दै आएको छ ।