विवादमा परेपछि एकाएक फेरियो ओलीको बोली

विवादमा परेपछि एकाएक  फेरियो ओलीको बोली

काठमाडौं। प्रमुख सत्तारुढ दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको बजेटप्रति आफूहरुको असन्तुष्टि रहेको भन्ने कुरामा सत्यता नभएको स्पष्ट पारेका छन्।

हिजो (शनिबार) संसदीय दलको बैठकमा ओलीले बजेट अलिक बढि माओवादीतर्फ ढल्किएको आरोप लगाएका थिए।

उनले बजेटमाथिको छलफलमा भाग लिँदा आलोचनात्मक चेतसहित उपस्थित हुन सा.स्दहरुलाई निर्देशन दिएका थिए । तर, एक दिन नबित्दै ओलीको बोली फेरिएको छ । उनले बेटप्रति असन्तुष्टि नरहेको बरु आफूहरुसँग छलफल गरेर ल्याएको भए अझै राम्रो हुने थियो भन्ने प्रतिक्रिया दिए।

संसद् बैठकबाट बाहिरिने क्रममा उनले सञ्चारकर्मीहरुको प्रश्नको जवाफमा यस्तो प्रतिक्रिया दिएका हुन् । उनले भने,‘असन्तुष्टि होइन, छलफल गरेको भए अझ राम्रो हुन्थ्यो ।’ बजेटमाथि आजबाट छलफल सुरु भएको छ ।

बजेटमाथिको छलफल दुई दिनसम्म लगातार चल्ने जनायएको छ । आजै एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि भेटवार्ता गरेका छन् ।