उड्न लागेको श्री एयरलाइन्सको जहाज धावनमार्गबाटै फर्काइयो

उड्न लागेको श्री एयरलाइन्सको जहाज धावनमार्गबाटै फर्काइयो

काठमाडौं । काठमाडौंबाट धनगढी उड्न लागेको श्री एयरलाइन्सको जहाज धावनमार्गबाटै फर्काइएको छ। 

एसएचए २२१ उडान नम्बरको ९ एनएएनएस विमान जहाज धावनमार्गबाट पुनः पार्किङमै फर्काइएको हो।  जहाजभित्र इन्धनको गन्ध आएको र थप प्राविधिक परिक्षणका लागि जहाज फिर्ता बोलाइएको श्री एअरलाइन्सले पुष्टि गरेको छ। 

काठमाडौं बाट बिहान  ८ः२५ मा उडिसक्नु पर्ने जहाजका यात्रुहरु भने अलपत्र परेका छन्। उनीहरुलाई अर्को जहाजमार्फत गन्तब्यमा पु¥याउन पहल गरिरहेको एअरलाइन्सले बताएको छ।