मनाङ घुम्न आएका ललितपुरका युवक सम्पर्कविहीन

मनाङ घुम्न आएका ललितपुरका युवक सम्पर्कविहीन

मनाङ । मनाङ घुम्न आएका एक पर्यटक चार दिनदेखि सम्पर्कविहीन छन्। ललितपुरको नखिपोटका ३१ वर्षीय प्रकाश गोरखाली यही जेठ १६ गते दिउँसोदेखि सम्पर्कविहीन भएका हुन्।

तिलिचो ताल जाने क्रममा गोरखाली मनाङ ङिस्याङ गाउँपालिका–९ बाइस घुम्तीबाट सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए।

सँगै रहेका अन्य तीनजनाले उनी सम्पर्कविहीन भएपछि खोजीका लागि प्रहरीलाई खबर गरेका थिए। स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको टोलीले अहिले गोरखालीको खोजी गरिरहेको छ। प्रमुख जिल्ला अधिकारी लामिछानेले भने, ‘ड्रोनको प्रयोग गरी खोजी गर्ने तयारी भइरहेको छ।’ 

छुटाउनुभयो कि ?