नेपालमा भएका अहिलेसम्मका सबै आन्दोलनको नेतृत्व एमालेले गरेको छ : ओली

नेपालमा भएका अहिलेसम्मका सबै आन्दोलनको नेतृत्व एमालेले गरेको छ : ओली

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेसम्म भएका आन्दोलनको नेतृत्व कम्युनिष्टहरुले र त्यसमा पनि एमालेले गरेको दाबी गरेका छन्।

उनले महिलाहरु सजग नभएसम्म देश नबन्ने दाबी गरेका छन्। उनले चेलीहरु सडकमा उत्रिँदा सामाजिक न्यायको जीत हुने दाबी गरेका छन्।

आज (बुधबार) काठमाडौंमा आयोजित राष्ट्रिय मेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रगति एकैपटक नहुने भन्दै मुलुक समृद्ध बनाउनको लागि पनि समय लाग्ने र सरकारले त्यसको लागि काम गरिरहेको जिकिर गरे।

सो क्रममा उनले अहिले सहकारीमा गैरसहकारीवालाहरु हाबी हुँदा समस्या उत्पन्न भएको टिप्पणी गरे ।

उनले भने,‘सहकारीलाई माध्यम बनाएर ठगेर खानेहरू प्रवेश गरेको हुनाले केही ठूला सहकारी बदनाम भएका छन्। ती समस्याग्रस्त भए । अहिले ती संकटग्रस्त छन्। तर, साँच्चैको सहकारीहरू संकटग्रस्त हुँदैनन् । आफ्नो नियम पालना गरेर अगाडि बढ्नुपर्छ। कुनै समस्या हुँदैनन्।’