महिला ट्राफिकलाई महिनावरीको चार दिन सडकमा ड्युटी गर्नु नपर्ने

महिला ट्राफिकलाई महिनावरीको चार दिन सडकमा ड्युटी गर्नु नपर्ने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसको अवसरमा महिला ट्राफिक प्रहरीको सुविधाको लागि महत्वपूर्ण घोषणा गरेका छन् ।

सामाजिक सञ्चालमा स्टाटस लेख्दै उनले अबदेखि महिनावारीका ४ दिन महिला ट्राफिक प्रहरीलाई सडकमा ड्यूटी नखटाउने उनले लेखेका छन् । उनीहरूको ठाउँमा मापसेलगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरूले स्वयंसेवकको रूपमा सडकमा सवारी व्यवस्थापनमा सघाउने लामिछानेले बताएका छन् ।