माछा मार्ने क्रममा अष्ट्रेलियामा २ नेपाली युवाको मृत्यु

माछा मार्ने क्रममा अष्ट्रेलियामा २ नेपाली युवाको मृत्यु

अष्ट्रेलिया । दक्षिण सिड्नीको समुद्री किनारमा माछा मार्न गएका उनीहरुको ढुंगामा चिप्लिए ज्यान गएको अस्ट्रेलियाको प्रहरीले विज्ञप्ति मार्फत् जनाएको छ।

उनीहरु चिप्लिएको खबर पाएसँगै प्रहरी र लाइफ गार्डले उद्धार गरेका थिए। उनीहरुलाई हेलिकप्टरको उद्धार गरी अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्‍याएसँगै सोमबार अपरान्ह उनीहरुलाई चिकित्सकले मृत घोषित गरेका थिए।

ती दुई २२ र २५ वर्षका नेपाली युवा भएको प्रहरीले जनाएको छ। उनीहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।