गृहमन्त्रीको राजीनामा माग गर्दै तरुण दलको राँके जुलुस

गृहमन्त्रीको राजीनामा माग गर्दै तरुण दलको राँके जुलुस

काठमाडौं । नेपाल तरुण दलले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै राजधानीमा राँके जुलुस निकालेको छ ।पार्टीले आइतबार काठमाडौंमा गर्न लागेको बृहत् प्रदर्शनको पूर्वसन्ध्यामा शनिबार प्रदर्शनीमार्गमा राँकेजुलुस निकालिएको हो ।

त्यसक्रममा प्रदर्शनकारीले सरकारविरुद्ध नारााजी समेत गरेका थिए ।कांग्रेसले आइतबार काठमाडौंको भृकुटीमण्डपमा सरकारविरुद्ध बृहत् प्रदर्शन गर्ने तयारी गरेको छ । गएको बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकबाट सहकारीपीडितको रकम फिर्ता, संसदीय छानबिन समितिको मागलगायत विषयमा सडक प्रदर्शन गर्ने निर्णय गरिएको थियो ।

कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघका कार्यवाहक सभापति भइसकेका केन्द्रीय सदस्य उज्वल बज्राचार्यले छानबिन समिति गठन नगरे सरकार परिवर्तनका लागि आन्दोलन गर्ने चेतावनी दिए ।