काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रइसीको निधन भएको छ। आइतबार पूर्वी अजरबैजानको पश्चिमी प्रान्त जोफा क्षेत्रमा हेलिकोप्टर दुर्घटना हुँदा इरानका राष्ट्रपति र विदेशमन्त्री हुसैन अमिर-अब्दुल्लाहियनलगायतको निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
इरानी मिडिया एजेन्सीहरूका अनुसार हेलिकोप्टरमा दुई पुरुष र अन्य सात जना सवार थिए। मौसम प्रतिकुल बनेपछि उनीहरु सवार हेलिकोप्टर ल्यान्डिङ हुन सकेको थिएन। 'फोर्स ल्यान्डिङ'का क्रममा हेलिकोप्टर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।
आज दुर्घटनाग्रस्त अवस्थामा राष्ट्रपति सवार हेलिकोप्टर फेला परेको हो। इरानी अधिकारीका अनुसार हेलिकोप्टर पूर्ण रूपमा जलेको छ।
राष्ट्रपति इब्राहिम रईसीलाई इरानका कट्टरपन्थी नेता र देशका सर्वोच्च धार्मिक नेता आयतोल्लाह अली खामेनीको नजिक मानिन्छन् । सन् २०२१ मा उनले राष्ट्रपति चुनाव जितेका थिए ।