ललितपुर आगलागीः  घाइते  बुवाको पनि मृत्यु, परिवारका चारै सदस्यले गुमाए ज्यान

ललितपुर आगलागीः  घाइते  बुवाको पनि मृत्यु, परिवारका चारै सदस्यले गुमाए ज्यान

काठमाडौं । ललितपुरको बाफलमा आगलागीमा परी घाइते अर्का एकजनाको पनि मृत्यु भएको छ।  तीनजनाको यसअघि नै मृत्यु भइसकेको छ।​

भेण्टिलेटरमा उपचार गराइराखेका घाइते सञ्जय गिरीको उपचारका क्रममा शनिबार किष्ट अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए। 

सञ्जयकी श्रीमती रूपाको उपचारका क्रममा वैशाख ३१ गते किष्ट अस्पतालमै मृत्यु भएको थियो। उनीहरूका दुई  छोरी ८ वर्षीया अलिसा र ४ वर्षीया प्रियाको पनि उपचारकै क्रममा वैशाख २४ गते मृत्यु भएको थियो।

भतिज पर्ने नित गिरी भने सामान्य घाइते छन्। उनको पनि किष्ट अस्पतालमा उपचार भइरहेको एसपी सुवेदीले जानकारी दिए। गत वैशाख २३ गते ललितपुर महानगरपालिका–१७ बाफलस्थित टिनले छाएको टहरामा आगलागी हुँदा एकै परिवारका चारसहित पाँच जना घाइते भएका थिए।