टेक्सास । हुरी र मुसलधारे पानीका कारण अमेरिकामा चारजनाको मृत्यु भएको छ । बिहीबार अबेर र शुक्रबार बिहान आएको हुरी र मुसलधारे पानीका कारण अमेरिकाको टेक्सास र लुजीआनामा १० लाख घर विद्युत्विहीन भएका छन् ।
हाउस्टनका मेयरका सञ्चार विभाग प्रमुख स्यामुअल पेनाका अनुसार गम्भीर मौसमका कारण कम्तीमा चारजनाको मृत्यु भएको छ । रुख ढल्दा दुईजनाको मृत्यु भएको थियो भने क्रेन दुर्घटनामा दुईजनाको मृत्यु भएको थियो ।
खराब मौसमका कारण भवनहरू भत्किनुका साथै ढलेका रुखले बाटो छेकेको छ । ९ लाख ३४ हजार घर टेक्सासमा र एक लाख ६६ हजार घर जुजिआनामा विद्युत्विहीन भएको जनाइएको छ । खराब मौसमका कारण गल्फ कोस्ट (दक्षिणी अमेरिका)का करिब तीन करोड मानिस जोखिममा परेको उल्लेख गरिएको छ ।