दलहरूबीच जुटेन सहमति, संसद् अवरोध जारी राख्ने कांग्रेसको निर्णय

दलहरूबीच जुटेन सहमति,  संसद् अवरोध जारी राख्ने कांग्रेसको निर्णय

काठमाडौं ।  प्रमुख प्रतिपक्षी  नेपाली कांग्रेसले आज पनि संसद् बैठक अवरोध गर्ने भएको छ । दलहरूबीच सहमति नजुटेपछि आज पनि संसद्  अवरोध गर्ने तयारी रहेको कांग्रेस सांसद प्रतिमा गौतमले बताएकी छन् ।

कांग्रेसले सहकारी ठगी प्रकरणलाई लिएर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे संसदीय छानबिन समिति बने मात्रै संसद् अघि बढ्न सक्ने अडान लिएको छ ।सरकार गृहमन्त्री लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा छानबिन गर्न तयार नभएको भन्दै कांग्रेसले अवरोध जारी राख्ने बताएको हो ।

अहिले केही बेरमा प्रतिनिधि सभाको बैठक बस्दै छ ।