काठमाण्डौँ । प्रतिनिधि सभाको बैठक अहिले ४ बजे बस्ने भएको छ । आज बिहान ११ बजेका लागि निर्धारित बैठक सत्तारूढ र प्रतिपक्षी दलबीच सहमतिको प्रयास जुटाउनका लागि बैठकको समय सारिएको संसद् सचिवालयले जनाएको छ ।
सभामुख देवराज घिमिरले सदन सञ्चालनका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग टेलिफोन वार्ता गरेपछि बैठक निर्धारित समयभन्दा केही पछि सारिएको सभामुख घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिनुभयो । प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले बैठक निर्धारित समयभन्दा पछि सार्न आग्रह गर्नुभएको थियो ।
कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष छानबिन गर्न संसदीय समिति गठनको माग गरेर संसद् बैठक अवरोध गर्दै आएको छ ।