स्वास्थ्य शिविर सञ्चालन गर्दै हिँड्ने  २ नक्कली डाक्टर प्रहरी नियन्त्रणमा

स्वास्थ्य शिविर सञ्चालन गर्दै हिँड्ने  २ नक्कली डाक्टर प्रहरी नियन्त्रणमा

काडमाडौं । जिल्ला प्रहरी कार्यालय डोटीले एकजना नक्कली डाक्टरलाई पक्राउ गरेको छ।  प्रहरीले डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गरेको आरोपमा एक जना नक्कली डाक्टरसहित दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा नक्कली डाक्टर महाकाली नगरपालिका–४ दाका ४४ वर्षीय भूपेन्द्र बहादुर क्षेत्री र उनका सहयोगी भिमदत्त नगरपालिका–१८ का ४६ वर्षीय पुष्कर गुनीयाल रहेका छन्। 

इजाजत विना शिविरको आयोजना गरी ठगी गरेको सूचनाका आधारमा खटिएको प्रहरीको गस्ती टोलीले बुधबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी डीएसपी निशान्त श्रीवास्तवले जानकारी दिए। उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला अदालत डोटीबाट ५ दिनको म्याद थप गरिएको श्रीवास्तवको भनाइ छ। 

उनीहरूको कागजपत्र हेर्दा शङ्का लागेपछि नेपाल मेडिकल काउन्सिल काठमाडौँ पठाउँदा डाक्टर भनिएका भूपेन्द्र बहादुर क्षेत्रीको प्रमाणपत्र दर्ता नभएको पाइएपछि दुवै जनाविरुद्ध इलाज सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। 

पक्राउ परेका व्यक्तिहरुले दिपायल सिलगढी नगरपालिका–४ मा शिविर सञ्चालन गरेर ठगी गरेका थिए। डाक्टर भूपेन्द्र नाम बताउने क्षेत्री र गुनीयालको सहयोगमा वडा कार्यालयले शिविरको आयोजना गरेको थियो।