सूचना प्रविधि दसक घोषणा, सरकारले नेपालको आफ्नै भू–उपग्रह स्थापना गर्ने

सूचना प्रविधि दसक घोषणा, सरकारले नेपालको आफ्नै भू–उपग्रह स्थापना गर्ने

काठमाडौं । सरकारले नेपालको आफ्नै भू–उपग्रह स्थापना गर्ने भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै दुर्गम र विकट क्षेत्रमा भूउपग्रहमा आधारित इन्टरनेट सेवाको प्रारम्भ गरिने बताए । 

डिजिटल साक्षरता विकास गरी महिला, अल्पसंख्यक एवं पिछडिएको वर्ग, क्षेत्र र समूदायको सूचना प्रविधिमा पहुँच विस्तारलाई पनि नीति तथा कार्यक्रममा जोड दिइएको छ ।राष्ट्रपति पौडेलले भने, ‘दुर्गम र विकट क्षेत्रमा भूउपग्रहमा आधारित इन्टरनेट सेवाको प्रारम्भ गरिनेछ । साइबर सुरक्षासम्बन्धी अनुसन्धान, प्रतिकार्य तथा जनचेतना अभिवृद्धि कार्यलाई प्रभावकारी बनाउन तहगत व्यवस्था गरिनेछ ।

डिजिटल साक्षरता विकास गरी महिला, अल्पसंख्यक एवं पिछडिएको वर्ग, क्षेत्र र समूदायको सूचना प्रविधिमा पहुँच बिस्तार गरिनेछ । नेपालको आफ्नै भूउपग्रह स्थापना गर्ने कार्य अघि बढाइनेछ । ’