मोटरसाइकल दुर्घटनामा परेकी प्रितीले २५ दिनपछि गुमाइन् ज्यान

मोटरसाइकल दुर्घटनामा परेकी प्रितीले २५ दिनपछि गुमाइन् ज्यान

धनगढी । दुर्घटनामा परेकी धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा अध्ययनरत एक छात्राको निधन भएको छ। स्नातक तह दोस्रो बर्षमा अध्ययनरत प्रिती मिश्राको दुर्घटनामा परेको २५ दिनपछि मृत्यु भएको हो । 

बैशाख ५ गते दिपायलबाट धनगढी फर्कने क्रममा मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते मिश्राको उपचारको क्रममा भारतको नयाँ दिल्ली स्थित अस्पतालमा मृत्यु भएको परिवार स्रोतले जनाएको छ। 

नेपाल राष्ट्र बैंकको परीक्षा दिएर फर्कने क्रममा उनी सवार मोटरसाइकल दुर्घटनामा परेको थियो। विद्यालयले प्रितीको मृत्यु भएपछि आज शोक विदा दिएको छ।