काठमाडौंका यी स्थानमा हुनेछ आजदेखि विद्युत् सेवा अवरुद्ध

काठमाडौंका यी स्थानमा हुनेछ आजदेखि विद्युत् सेवा अवरुद्ध

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आजदेखि आगामी शुक्रबारसम्म काठमाडौँको विभिन्न स्थानमा विद्युत् लाइन अवरुद्ध हुने जानकारी दिएको छ । 

कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्रहरू अन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्न लागिएकोले विद्युत् सेवा प्रभावित हुने भएको हो । 

यी तीन केन्द्र अन्तर्गत विभिन्न स्थानहरूमा बिहान ११ बजे देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जानकारी दिएको छ ।