परीक्षा दिएर फर्किंदै गरेकी किशोरीमाथि गोली प्रहार

परीक्षा दिएर फर्किंदै गरेकी किशोरीमाथि गोली प्रहार

झापा । झापाको दमकमा एक  किशोरीमाथि गोली प्रहार भएको छ। उदयपुर घर भई दमकमा डेरा गरी बस्दै आएकी एनिका गजमेर (निशा) माथि शुक्रबार दिउँसो करिब साढे ११ बजेतिर गोली प्रहार भएको हो। 

दमकस्थित हिमाली माविबाट कक्षा १२ को परीक्षा दिएर कोठातर्फ गइरहेकी अधिकारीमाथि दमक-५ स्थित ज्येष्ठ नागरिक प्रतिष्ठान नजिकै गोली प्रहार भएको हो।  उनको पेटमा एक राउन्ड गोली लागेको बताइएको छ। अहिले उनको लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ।  चिकित्सक टोलीले उनको पेटबाट एउटा गोली निकालिसकेको छ। उनको हाल आइसीयुमा उपचार भइरहेको छ।

यता गोली चलेको विषयमा घटना बुझ्न प्रहरी टोली अस्पताल पुगेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले बताए। सिरहाका अमितकुमार यादवले गोली प्रहार गरेको सूचना पाएपछि प्रहरीले उनको खोजीकार्य तीव्र बनाएको छ ।