धादिङमा मध्यराति घरमा आगो लाग्दा दम्पतीको मृत्यु

धादिङमा मध्यराति घरमा आगो लाग्दा दम्पतीको मृत्यु

धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु भएको छ। 

गएराति स्थानीय तेजबहादुर लामाको एकतले घरमा आगलागी हुँदा ७० वर्षीय लामा र उनकी ७० वर्षीया पत्नी ठूली लामाको मृत्यु भएको धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए। घरमा भएका अन्नपात र लत्ताकपडा सबै नष्ट भएको छ। 

‘राति करिब ११ः३० बजे घरमा आगो लागेको खबर पायौँ। हाप्सेचौर अस्थायी प्रहरी चौकी र इलाका प्रहरी कार्यालय खानीखोलाको टोली घटनास्थल पुग्दा उहाँहरूको मृत्यु भइसकेको थियो’, प्रहरी उपरीक्षक केसीले भने।