महोत्तरीको मटिहानीमा भीषण आगलागी, सय बढी घर जले

महोत्तरीको मटिहानीमा भीषण आगलागी, सय बढी घर जले

काठमाडौं । महोत्तरीको मटिहानीमा भीषण आगलागी भएको छ। मटिहानी–६ स्थित जर्लाहावा गाछी गाउँमा भीषण आगलागी भएको छ। स्थानीयबासीका अनुसार करिब सय वटा घरमा आगो लागेको छ।

महोत्तरीका सहाय सिडिओ उपेन्द्र न्यौपानले सय घर बढीमा आगलागी भएको पुष्टि गरे। नेपाल र भारतका गरी करिब एक दर्जन बढी दमकलले आगो निभाउने प्रयास गरिरहेका छन्। प्रशासनले पानी ट्यांकीमार्फत पनि आगो निभाउने प्रयास गरेको छ।

सहायक सिडिओ न्यौपानेका अनुसार प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासी आगो निभाउने प्रयास गरेका छन्।  ुचौतर्फ हावा चलेका कारण आगलागी नियन्त्रमा आउन सकेको छैन।  फुसको घर र परालको कुन्युमा सल्केर आगो फैलिएको प्रहरीले जानकारी दिएको छ।

छुटाउनुभयो कि ?