बिहेघरमा आगलागी  हुँदा ६ लाखको क्षति , दुईजना घाइते

बिहेघरमा आगलागी  हुँदा ६ लाखको क्षति , दुईजना घाइते

काठमाडौं । सर्लाहीको बलरा नगरपालिका मिर्जापुरस्थित एक बिहेघरमा आगलागी हुँदा दुईजना घाइते भएका छन्। बलरा नगरपालिका–६, मिर्जापुरका रामचन्द्र महतोको घरमा गएराति आगलागी भएको हो। 

घरमा आगो लागेपछि सामान निकाल्न खोज्दा घरधनी महतो र स्थानीय २३ वर्षीय राज मंगल घाइते भएका प्रहरीले जनाएको छ। दुवैका हातगोडा जलेको छ। उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। 

आगलागीबाट छोरीको विवाहका लागि राखिएका लत्ता कपडालगायत सामग्री जल्दा ६ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए। बिजुलीको तार सट भएर आगलागी भएको प्रहरीले जनाएको छ।