वर्षाकै बिच काठमाडौँ महानगरले भत्कायो आलोकनगर क्षेत्रका अवैध टहरा

वर्षाकै बिच काठमाडौँ महानगरले भत्कायो आलोकनगर क्षेत्रका अवैध टहरा

काठमाडौं । काठमाडौं महानगरपालिकाले आलोकनगर क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका भौतिक संरचनामाथि डोजर चलाएर भत्काएको छ। वडा कार्यालयले खेलकुद पार्क बनाउने तयारी गरेको सार्वजनिक जग्गामा बनेका अस्थायी घर टहरा भत्काएको महानगर प्रहरीले जनाएको छ।

एक्कासि घरटहरा भत्काइएपछि बसोबास गरिरहेका मानिसहरूको विचल्ली भएको छ। कोही सामान सार्नको धमाधममा देखिन्थे भने कोही बालबच्चासहित चिन्तित र निराश मुद्रामा देखिन्थे।

वर्षा भइरहेको अवस्थामा टहरा भत्काएको भन्दै स्थानीयले महानगरको आलोचना गरिरहेका थिए । पछिल्ला केही दिन शान्त देखिएको महानगरले फेरि अबैध संरचना भत्काउन थालेको हो ।