सन्दीपविरुद्ध जाहेरी दिने युवतीको तस्बिर पोस्ट गरेको आरोपमा एक युवक पक्राउ

सन्दीपविरुद्ध जाहेरी दिने युवतीको तस्बिर पोस्ट गरेको आरोपमा एक युवक पक्राउ

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जाहेरी दिने युवती गौशाला-२६ को तस्बिर सार्वजनिक गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

केन्द्रीय साइबर ब्यूरोले संखुवासभाका ३२ वर्षीय राई थरका युवकलाई पक्राउ गरेको हो । यसअघि गौशाला-२६ ले आफ्नो तस्बिर सार्वजनिक गर्नेलाई कानूनी कारबाहीको माग गर्दै जाहेरी दिएकी थिइन् ।

केही दिनदेखि सामाजिक सञ्जालमा गौशाला २६ का तस्बिरहरु भाइरल भइरहेका थिए । कानूनतः यौनजन्य मुद्दामा जाहेरी दिने महिलाको तस्बिर र पहिचान खुलाउन नपाइने कानूनी व्यवस्था छ । गौशालाले प्रहरीमा उजुरी गरे पनि तस्बिर शेयर हुने क्रम रोकिएको छैन । गौशालाको इन्स्टाग्राम एकाउन्टबाट उनका पुराना तस्बिर कसैले पोस्ट गरेपछि भाइरल भएको हो ।

ब्यूरोका अनुसार राईलाई संखुवासभाबाटै पक्राउ गरिएको हो । उनलाई अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।