भागवण्डा मिलाउन कांग्रेसमा महाभारत, राष्ट्रियसभामा चार सिट नपाए शेखर समूहले उमेदवारी नै नदिने

भागवण्डा मिलाउन कांग्रेसमा महाभारत, राष्ट्रियसभामा चार सिट नपाए शेखर समूहले उमेदवारी नै नदिने

काठमाडौं । राष्ट्रियसभामा भागवण्डा मिलाउन नेपाली कांग्रेसलाई महाभारत भएको छ । शेखर कोइराला समूहले राष्ट्रियसभामा पार्टीबाट चार सिट नपाए उमेदवारी नदिने निर्णय गरेको छ । 

समूहका नेता कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा आइतबार भएको अनौपचारिक छलफलले गठबन्धनबाट पार्टीले १० सिट लिएपछि आफूहरूले चार सिट पाउनैपर्ने निष्कर्ष निकालेको हो ।

सोही अडान केन्द्रीय कार्यसम्पादन समिति बैठकमा राख्ने निर्णय भएको छलफलमा सहभागी नेता बलबहादुर केसीले जानकारी दिए । 

“१० सिट नदिए पार्टी मिलाउन सक्दिनँ भनेर गठबन्धनमा सहमति गर्ने र सिट लिने । अनि हामीले मागेको चार सिट दिन्न भन्न मिल्दैन,” उनले भने, “सोही कुरा कार्यसम्पादन बैठकमा राख्छौँ । चार सिट नपाए हामी उमेदवारी दिने प्रक्रिया अघि बढाउदैनौँ ।”