तमु ल्होसारमा रमाएको गुरुङ समुदाय (तस्बिरहरु)

तमु ल्होसारमा रमाएको गुरुङ समुदाय (तस्बिरहरु)

काठमाडौँ । गुरुङ समुदायले आज धूमधामसँग  ‘तमु ल्होसार’ पर्व मनाइरहेका छन् ।  हरेक १५ पुसमा गुरुङ समुदायले  तमु ल्होसार पर्व मनाउने गर्छन् ।  यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ । तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । अर्थात् तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा मनाउने गर्छन् ।

यस दिन गुरुङ समुदायले हर्षोल्लासका साथ आफ्नो भेसभुसा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्दछन् । काठमाडौँ लगायत देशका अधिकांश स्थानमा यो पर्वको रौनक देखिएको छ । ल्होसार पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।