सन्दीपको मुद्दामा आज के भयो ?

सन्दीपको मुद्दामा आज के भयो ?

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसला बहस आज सकिएन । जाहेरीकर्ताको तर्फबाट चार जना वकिलको बहसपश्चात न्यायाधीश शिशिरराज ढकालले मुद्दालाई हेर्दाहेर्दैमा राखेका छन् ।

सात महिनादेखि सर्दै आएको सन्दीपको मुद्दाको फैसला बहस आज सुरु भएको हो । अब यसले निरन्तरता पाउने छ । न्यायाधीश ढकालले नै मुद्दाको फैसला गर्ने निश्चित भएको छ । 

भोलि र पर्सि सार्वजनिक बिदा भएकाले अबको सुनुवाइ बुधबार हुनेछ । यो मुद्दामा बुधबार नै फैसला आउने सम्भावना रहेको बताइएको छ ।