नेपालले टस जिती अफगानिस्तानलाई ब्याटिङको निम्तो दियो

नेपालले टस जिती अफगानिस्तानलाई ब्याटिङको निम्तो दियो

काठमाडौँ । एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा नेपालले अफगानिस्तानविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको छ । यूएईको दुबईस्थित आईसीसी एकेडेमी मैदानमा नेपालले टस जिती अफगानिस्तानलाई ब्याटिङको निम्तो दिएको हो ।

यी दुबै टोली आफ्नो पहिलो खेलमा पराजित भएकाले आइतबारको खेल जित्नै पर्ने दबाबमा छन् । यो खेलमा विजयी हुने टोलीको सेमिफाइनल सम्भावना जितिव रहने छ भने पराजित हुने टोली समूहगत चरणबाटै घर फर्किने छ ।