काठमाडौँ । काठमाडौँसहित देशका विभिन्न स्थानमा १० जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौँ महानगरपालिका-४ नक्सालस्थित भाटभटेनी अपार्टमेन्टको तेस्रो तलामा सोही महानगरपालिका-३ बासँबारी बस्ने ४९ वर्षीय सौनक विक्रम शाह शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।
महोत्तरी, भंगाहा नगरपालिका-५ सितापुरदेखि बटेश्वर जाने बाटोमा सोही ठाउँ बस्ने ४८ वर्षीय मोस्तकिन दफाली शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
काभ्रे, तेमाल गाउँपालिका-३ पचुवारघाटस्थित सुन कोशी नदीको किनारामा हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
कैलाली, जानकी गाउँपालिका-८ पहाडीपुरस्थित कुलरिया सिँचाइको कुलोमा हाल नाम, थर, वतन नखुलेका करिब २५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
कास्की, पोखरा महानगरपालिका-१६ दिपस्थित नहरको पानीमा सोही महानगरपालिका-१६ बाटुलेचौर बस्ने ६३ वर्षीय केशव बहादुर थापा शनिबार मृत अवस्थामा फेला परेका छन् । गत असोज १५ गतेदेखि हराएको भन्ने बुझिएको छ ।
कपिलवस्तु, शिवराज नगरपालिका-७ स्थित सडकमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
डोल्पा, जगदुल्ला गाउँपालिका-६ स्थित छेपारे खोलामा सोही ठाउँ बस्ने ३७ वर्षीय गोर कामी शनिबार मृत अवस्थामा फेला परेका छन् ।
रामेछाप, गोकुलगंगा गाउँपालिका-३ छहरे दोवानस्थित खिम्ती खोलामा सोही गाउँपालिका-३ कुँडार बस्ने ७५ वर्षीय खड्ग बहादुर सुनुवार शनिबार मृत अवस्थामा फेला परेका छन् ।
मोरङ, विराटनगर महानगरपालिका-१२ पञ्चालीस्थित खाली जग्गामा विराटनगर महानगरपालिका-१४ बस्ने ३३ वर्षीया बन्धना मगर शनिबार मृत अवस्थामा फेला परेकी छन् ।
सल्यान, त्रिबेणी गाउँपालिका-१ स्याँल बस्ने ७० वर्षीय तिनलाल बिक आफ्नै घरदेखि करिब १ सय मिटर टाढा कुलोमा शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।