खुल्ने भयो टिकटक, प्रधानमन्त्रीले दिए यस्तो संकेत

खुल्ने भयो टिकटक, प्रधानमन्त्रीले दिए यस्तो संकेत

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सामाजिक सञ्जाल टिकटक खुला गर्न सकारात्मक देखिएका छन् । 

अब नियमन गर्न पनि सकिन्छ’, सोमबार मूलधारका मिडियाका सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्रीले भने, ‘बिल तयार हुँदैछ कहीँ कतै करेक्सन गर्न सकिन्छ भने गरिन्छ ।’

उनले अदालतले पनि सरकारकै पक्षमा प्रारम्भिक निर्णय गरेको आफ्नो बुझाइ रहेको बताए । उनले आफ्नो घरमै पनि टिकटकको लत रहेको उल्लेख गर्दै कतिपयले यो निर्णयप्रति सरकारलाई धन्यवाद पनि दिएको धारणा राखे । 

नियमनको स्पष्ट खाका तयार गरेर सरकारले टिकटकमाथिको प्रतिबन्ध खुला गर्न खोजेको हो ।