टोपबहादुर रायमाझी थुनामै, बालकृष्ण खाणबारे न्यायाधीशको मत बाझियो

टोपबहादुर रायमाझी थुनामै, बालकृष्ण खाणबारे न्यायाधीशको मत बाझियो

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीससहित ८ जनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ ।

न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै इन्द्रजित राई, केशव दुलाल, आङ्टावा शेर्पासहित ८ जनालाई थुनामा राख्ने जिल्ला अदालत, काठमाण्डौको आदेश सदर गरेको हो । तर पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई धरौटीमा छाड्ने निर्णयमा भने न्यायाधीशको मत बाझिएको छ ।

एक जना न्यायाधीशले  बालकृष्ण खाणलाई ३० लाख रुपैयाँ धरौटीमा छुटाउन आदेश दिए पनि अर्का न्यायाधीशले थुनामै राख्न आदेश दिएपछि अब उनको मुद्दा तेस्रो न्यायाधीशकोमा पुगेको छ । 

खाँणका स्वकीय सचिव नरेन्द्र केसीलाई धरौटीमा छाड्न आदेश दिएको छ । १० लाख रुपैयाँ धरौटीमा उनलाई छाड्न आदेश भएको हो ।

टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई धरौटीमा छाड्न आदेश भएको छ । उच्च अदालत, पाटनले शुक्रबार उनलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।