कांग्रेस पदाधिकारीमा एकजना मात्रै महिला राखेकोप्रति आरजुको असन्तुष्टि

कांग्रेस पदाधिकारीमा एकजना मात्रै महिला राखेकोप्रति आरजुको असन्तुष्टि

काठमाडौं । नेपाली कांग्रेसकी सांसद एवं कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा। आरजु राणा देउवाले पार्टीको महासमिति बैठकमा पार्टीमा महिला पदाधिकारीको बारेमा आवाज उठाउने बताएकी छन् ।

बिहीबार काठमाडौंमा आयोजित नेपालको राजनीतिमा महिला नेतृत्वकर्ताहरूको रूपान्तरित नेतृत्व परियोजना विषयक गोष्ठीमा बोल्दै उनले महिलालाई पार्टीदेखि सबै तहमा ३३ प्रतिशत अधिकार दिनुपर्ने कुरा आफूहरूले केन्द्रीय समितिमा राखिसकेको र पार्टीका आसन्न महासमिति बैठकमा पनि राख्ने बताइन् ।

उनले पार्टीको पदाधिकारीमा सहमहामन्त्रीमा पदमा एकजना मात्रै महिला राखेको र उपसभापति, महामन्त्रीमा नराखिएकोप्रति असन्तुष्टि जनाइन् । उनले पार्टीका विभागहरूमा महिलालाई ३३ प्रतिशत अधिकार र नेतृत्व नदिइएकोप्रति पनि असन्तुष्टि जनाइन् ।