भारतीय राष्ट्रपति कोविन्द सिक्किम र मेघालयको भ्रमणमा

भारतीय राष्ट्रपति कोविन्द सिक्किम र मेघालयको भ्रमणमा

नयाँ दिल्ली भारतका राष्ट्रपति रामनाथ कोविन्दले शैक्षिक कार्यक्रममा सहभागिता जनाउनका लागि शनिबार सिक्किम प्रस्थान गर्नुभएको छ । उहाँले सिक्किमपछि मेघालय जाने कार्यक्रम रहेको छ ।

राष्ट्रपतिको सचिवालयले जारी गरेको सूचना अनुसार राष्ट्रपति कोविन्दले आइतबार सिक्किमको घान्तोकस्थित सिक्किम विश्वविद्यालयको पाँचौँ दीक्षान्त सभामा सहभागी हुने र त्यहाँबाट मेघालय जानुहुनेछ । सोमबार उहाँले नर्थ–इस्टर्न हिल युनिभर्सिटीको २६ औँ दीक्षान्त कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । रासस/एएनआई