काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा गएको भूकम्पका कारण जनधनको क्षति भएकोमा दुःख व्यक्त गरेका छन् ।
आज सामाजिक सञ्जालमार्फत उनले भारत नेपाली जनताको दुखमा सँगै उभिन तयार रहेको भन्दै पीडित तथा प्रभावितलाई सहयोग गर्न तयार रहेको बताएका छन् ।
उनले लेखेका छन्– ’नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु । भारत पीडामा रहेका नेपाली जनतालाई हर सम्भव सहयोग गर्न तयार छ। शोक सन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।’