सेमिफाइनलमा नेपाल युएईसँग भिड्दै, जित्नैपर्ने दबाब

सेमिफाइनलमा नेपाल युएईसँग भिड्दै, जित्नैपर्ने दबाब

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा आज युनाइटेड अरब इमिरेट्स (युएई) र नेपालबिच प्रतिस्पर्धा हुँदैछ ।

विश्वकप छनोटका लागि दुवै टिमलाई जित्नै पर्ने दबाब छ । युएई समूह ‘बी’ को विजेता र नेपाल समूह ‘ए’ को उपविजेताको रूपमा सेमिफाइनल आएका हुन् ।

मूलपानीस्थित  क्रिकेट मैदानमा हुने खेलमा दुवै टिम जितको लक्ष्यसहित मैदान प्रवेश गर्दै छन् ।   खेल बिहान ११ बजेदेखि सुरु हुनेछ ।