काठमाडौं । टी–२० विश्वकप एसिया छनोट फाइनलमा ओमानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । त्रिवि क्रिकेट मैदान,कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाउन सक्यो ।
नेपालका करण केसीले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले २÷२ विकेट हात पारे । गुल्शन झा र अविनाश बोहोराको नाममा एक÷एक विकेट रह्यो ।
ओमानका कप्तान जिसन मक्सदले ३२, नसिम खुसीले २५, प्रतीक अथावालेले २४ रन र सकिल अहमेदले २२ रन जोडे । अरु ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् ।