लामिछानेले लिए एकै ओभरमा दुई विकेट

लामिछानेले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा ओमानविरुद्ध नेपालका लागि पाँचौं र छैटौं विकेट सन्दीप लामिछानेले लिएका छन् ।

लामिछानेले १४औं ओभरको पहिलो र दोस्रो बलमै विकेट लिएका थिए । ओमानका कप्तान जिसन मकसुदसँग राम्रो साझेदारी गरिररहेका आयान खानलाई सन्दीपले बोल्ड गरेका छन् । जिसन र खानले ४९ रनको साझेदारी गरिरहेका थिए ।

अर्को बलमा नयाँ ब्याट्सम्यान मेहरान खानलाई एलबीडब्लु गरे । त्यसपछि सन्दीपलाई ह्याट्रिक गर्ने अवसर थियो । तर नो बल फालेपछि ह्याट्रिकको अवसर गुमाए । १४ ओभरको खेल सकिदा ओमानले ६ विकेट गुमाएर ९८ रन बनाएको छ ।