दसैँ मनाउन घटस्थापना पछि ३ लाख ५८ हजार मानिस उपत्यकाबाट बाहिरिए

दसैँ मनाउन घटस्थापना पछि ३ लाख ५८ हजार मानिस उपत्यकाबाट बाहिरिए

काठमाडौँ । बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिनेको सङ्ख्या दैनिक वृद्धि हुदैं गएको छ । बुधबार दिनभरमा ९१ हजार १०८ जनाले उपत्यका छाडेका छन् ।

काठमाडौँको नागढुंगा, फर्पिङ, मुड्खु भञ्ज्याङ र भक्तपुरको जगातेबाट बुधबार ९१ हजार १०८ जना बाहिरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । 

घटस्थापना पछि ३ लाख ५८ हजार ७६२ जनाले उपत्यका छाडेका छन् । घटस्थापना (असोज २८) बाट असोज ३० सम्ममा २ लाख ६७ हजार ६५४ जनाले उपत्यका छाडेका थिए । तर, बुधवारबाट उपत्यका छाड्नेको सङ्ख्या बढेको छ । चाडपर्वको समयमा हुनसक्ने सुरक्षा चुनौती र दुर्घटना नियन्त्रण गर्न ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । लामो दुरीको बसमा दुईजना चालक राख्ने नियम पालनामा कडाइ गरिएको कार्यालयले जनाएको छ ।