विश्वकप छनोट खेल ब्राजिल पराजित

विश्वकप छनोट खेल ब्राजिल पराजित

काठमाडौं । विश्वकप छनोट खेलमा ब्राजिल उरुग्वेसँग स्तब्ध बनेको छ । बुधबार भएको खेलमा उरुग्वेले ब्राजिललाई २–० गोलले हराउन सफल भएको हो ।

निकै निराश बनेको खेलको ४२ औँ मिनेटमा डार्विन नुनेजले गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका थिए । ब्राजिलका लागि भने खेलमा थप समस्या थपिएको थियो । खुट्टामा चोट लागेपछि टोलीले स्टार खेलाडी नेयमारलाई गुमाउनु परेको थियो ।

दोस्रो हाफमा ब्राजिलले उरुग्वेमाथि दबाब बढायो । रोड्रिगो प्रहार पोस्टमा लागेको थियो भने भिनिसियस जुनियरले गरेको दुईवटा पेनाल्टीको माग विवादास्पदरुपमा अस्वीकार गरिएको थियो । यसैबिच निकोलास डेला क्रुजले अर्को गोल गर्दै उरुग्वेको जीत सुनिश्चित गरे ।

४ खेलपछि समान ७ अङ्क भए पनि उरुग्वे तालिकाको दोस्रो स्थानमा रहेका छ भने ब्राजिल तेस्रो स्थानमा रहेको छ । शत प्रतिशत नतिजासहित अर्जेन्टिना १२ अङ्क बटुल्दै शीर्ष स्थानमा छ ।