नेपालीहरुलाई उद्धार गर्न इजरायल उड्यो नेपाल एयरलाइन्सको जहाज

नेपालीहरुलाई उद्धार गर्न इजरायल उड्यो नेपाल एयरलाइन्सको जहाज

काठमाडौं । इजरायलमा रहेका नेपाली नागरिक लिनका लागि नेपाल वायुसेवा निगमको विमान त्यसतर्फ प्रस्थान गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार नेपाल वायुसेवा निगमको विमान बिहीबार बिहान ४ बजे त्यसतर्फ प्रस्थान गरेको हो ।

गत शनिबार प्यालेस्टीनी विद्रोही समूह ‘हमास’ को आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । सो घटनापछि सरकारले इजरायलमा रहेका नेपाली विद्यार्थीलाई उनीहरुको माग बमोजिम नेपाल ल्याउने प्रक्रिया अघि बढाएको हो ।

घर फिर्तीका लागि इजरायलस्थित नेपाली दूतावासमा ३५० जनाको विवरण प्राप्त भइसकेको जनाइएको छ ।