काठमाडौँ । मलेसिया सरकारले श्रमिकको न्यूनतम तलब दुई हजार रिंगिट बनाउने भएको छ । जुन २०२७ बाट श्रमिकले न्यूनतम तलब दुई हजार रिंगिट पाउने प्रधानमन्त्री दतुक सिरी अनवर इब्राहिमले बताएका छन् ।
मलेसियामा यसअघि न्यूनतम तलब १७०० रिंगिट थियो । तलब बढाउने निर्णयबाट ४० लाख बढी श्रमिक लाभान्वित हुने मलेसियाको सरकारले जनाएको छ ।
दक्ष कामदारको तलब भने २५ सय रिंगिट पुर्याउने प्रधानमन्त्रीको भनाइ छ । श्रमिकहरूको योग्यता र सीप अनुसार पारिश्रमिक सुधार गर्ने नीतिअन्तर्गत सरकारले यो निर्णय लिएको प्रधानमन्त्री इब्राहिमको भनाइ छ ।