क्यानको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित

क्यानको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित

काठमाडौँ । नेपाल क्रिकेट संघको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् । अध्यक्ष पदमा चन्दको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । क्यानको अध्यक्षमा चन्द पुनः दोहोरिएका हुन् ।

यसैगरी कोषाध्यक्ष पदमा पदम खड्का निर्विरोध भएका छन् । सो पदमा उनको मात्रै उम्मेदवारी परेको छ  ।  त्यस्तै महिला सदस्यमा जयन्ती खड्का निर्विरोध निर्वाचित भएकी छन् ।  

नेपाल क्रिकेट संघको शुक्रबार काठमाडौंमा सुरु भएको साधारणसभा आज शनिबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ  । सचिव लगायत अरु पदका लागि निर्वाचन जारी छ ।