काठमाडौं महानगरपालिकाले सार्वजनिक गर्यो तत्काल गर्नुपर्ने ७१ काम (सूचीसहित)

काठमाडौं महानगरपालिकाले सार्वजनिक गर्यो तत्काल गर्नुपर्ने ७१ काम (सूचीसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाले तत्काल गर्नुपर्ने ७१ कामको सूची तयार पारेको छ । महानगरपालिकाको बजेटमा उल्लेख भएको तर सुरु नभएको काम समेटेर तत्काल गर्नुपर्ने भन्दै ७१ कामको सूची तयार पारेको हो । यद्यपि यी कामको सूची सार्वजनिक गरिएको छैन ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र विभागीय प्रमुखहरुको बैठकले महानगरपालिकाको विकास बजेटको खर्च बढाउन तत्काल गर्नुपर्ने कामको सूची सार्वजनिक गरेको हो । प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले योजना कार्यान्वयन छिटो होस् भन्ने उद्देश्यले सूची तयार पारेको बताए । ‘कुनै कारणले पनि बजेटमा उल्लेख भएका निर्धारित कार्यक्रममा ढिलाई नहोस्’, महानगरपालिकाका उच्च अधिकारीको बैठकमा अधिकारीले निर्देशन दिए ।

तत्काल काम सुरु गर्ने कामको सूचीमा हाइमास्ट लाइट जडान, अनलाइन माध्यमबाट महानगरले सेवा दिने, कार्यालय परिसर र सहरी क्षेत्रमा पार्किङ व्यवस्थापन गर्ने आदि रहेका छन् । त्यस्तै स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गर्ने, सामुदायिक कुकुरको बन्ध्याकरण, अनुगमन सूचक निर्माण गर्ने, कार्यपालिका बैठकबाट भएका निर्णयको कार्यान्वयन लगायत रहेका छन् ।

महानगरको तत्काल गर्नुपर्ने कामको सूचीमा रहेका योजनाहरुः
हाइमास्ट लाईन जडान गर्ने 
विद्युतीय सेवा सुरु गर्ने
कार्यालय परिसर र शहरी क्षेत्रमा पार्किङ व्यवस्थापन 
स्वास्थ्य प्रर्वद्धन केन्द्र संचालन
सामुदायिक कुकुरको बन्ध्याकरण
अनुगमन सुचक निर्माण 
कार्यपालिका बैठकबाट भएका निर्णय कार्यान्वयन 
ऐन कार्यान्वयनको अवस्था, आवश्यक कार्यविधि निर्माण
महानगर गौरव र स्वर्णिम योजना कार्यान्वयन
आकाशे पुलमा सिसाका बार लगाउने
सडक पेटीको मर्मत
यातायात व्यवस्थापन
सार्वजनिक शौचालय निर्माण 
काठमाडौं प्लाजामा स्तनपान कक्ष निर्माण गर्ने