क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश शकुन्तला कार्कीको इजलासमा

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश शकुन्तला कार्कीको इजलासमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको ज.ज.क मुद्दा न्यायाधीश शकुन्तला कार्कीको इजलासमा परेको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कार्कीको इजलासमा क्रमसङ्ख्या ३ मा पेसी तोकिएको छ । भदौ २१ गते अन्तिम सुनुवाइ हुने भनिए पनि सन्दीपविरुद्धको मुद्दा धेरै पछाडि रहेको छ । कार्कीको इजलासमा पहिलो मुद्दा सजाय निर्धारणको छ भने त्यसपछि हेर्दाहेर्दैमा रहेको चोरी मुद्दा पनि उनकै इजलासमा रहेको छ ।

त्यसपछि जालसाजी, लेनदेन र लागु औषधको मुद्दा पनि कार्कीको इजलासमा परेको कारण बिहीबार पनि उक्त मुद्दामा सुनुवाइ हुने सम्भावना न्यून छ । यसअघि भदौ १० गते नै उक्त मुद्दाको अन्तिम सुनुवाइ भनिए पनि हेर्न नभ्याइनेमा परेको थियो । भदौ १० गतेको पेशीमा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको उक्त मुद्दा हेर्न नभ्याउनेमा परेपछि भदौ २१ गतेका लागि पेसी तोकिएको थियो । भदौ १० गतेको पेसीमा हेर्न नभ्याउने भई २१ गतेका लागि पेसी तोकिएपछि लामिछाने भदौ ११ गते नै एसिया कप खेल्न पाकिस्तान गएका थिए ।