म्यानमारविरुद्धको मैत्रीपूर्ण फुटबलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा, विमल घर्तीमगर अटेनन्

म्यानमारविरुद्धको मैत्रीपूर्ण फुटबलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा, विमल घर्तीमगर अटेनन्

काठमाडौं । म्यानमारविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ ।

नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले आइतबार म्यानमारसँगको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलका लागि २३ सदस्यीय राष्ट्रिय टोलीका घोषणा गरेका हुन् ।

नेपालले म्यानमारसँग भदौ २२ र २५ गते उसैको भूमिमा मैत्रीपूर्ण फुटबल खेल्ने तय भएको छ । नयाँ टिममा नेपालका चर्चित फसटबलर विमल घर्तीमगर अटेका छैनन् । 

नेपाली टिम 

गोलरकिपर : किरणकुमार लिम्बू, दीप कार्की, अभिषेक बराल

रक्षक : सनिष श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अञ्जन राई, छिरिङ लामा

मिडफिल्डर : एरिक बिष्ट, सन्दीप गुरुङ, लाकेन लिम्बु, आवास लामिछाने, उत्सभ राई, क्रितिशरत्न छुन्जु

फरवार्ड : आयुष घलान, नवयुग श्रेष्ठ, अञ्जन बिष्ट, मनिष डांगी, आशिष चौधरी, जिलेस्पीजंग कार्की, दीनेश हेन्जङ, हिसुब थपलिया