नेकपा एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

नेकपा एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सोमबार बस्ने भएको छ । केन्द्रीय समिति बैठकले गरेका निर्णय कार्यान्वयनबारे छलफल गर्न बैठक बोलाएको उपाध्यक्ष राजेन्द्र  पाण्डेले जानकारी दिए । उनका अनुसार सोमबार बस्ने बैठकको समय भने तय भैसकेको छैन । 

साथै सचिवालय बैठकमा आगामी माघमा तय भएको महाधिवेशनको तयारीका सम्बन्धमा पनि छलफल हुनुका साथै केही नेताहरूको जिम्मेवार हेरफेर समेत गर्ने तयारी छ । पार्टी छोडेर गएका नेताहरूको ठाउँमा अन्य नेतालाई जिम्मेवारी दिने सो पार्टीको तयारी छ ।