नेपालले मलेसियाविरुद्ध ब्याटिङ गर्दै

नेपालले मलेसियाविरुद्ध ब्याटिङ गर्दै

काठमाडौं । नेपालले आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत घरेलु टोली मलेसियासँग टस हारेर पहिला ब्याटिङको गरिरहेको छ । कलालाम्पुरमा रहेको बायुमास ओभलमामा मलेसियाले टस जितेर पहिला फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो । प्रतियोगिताको समूह ए मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र यूएई छन् । समूह बी मा चीन, हङकङ, थाइल्यान्ड, कुवेत र म्यानमार छन् ।

प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टी–२० क्वालिफायर खेल्न पाउनेछन् ।

नेपालको प्लेइङ ११ ः

रुविना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, पुजा महतो, सम्झना खड्का, काजोल श्रेष्ठ, अप्सरी बेगम, अश्मिना कर्माचार्य र खुशी डंगोल ।